विद्यार्थीको 'सुसाइड' नोटमा नाम उल्लेख भएका शिक्षक ५ लाख धरौटीमा रिहा

२०७६ श्रावण २९ बुधबार १९:०८:००

महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र सुरज लेखकले आफ्नो सुसाइड नोटमा शिक्षक हरिलाल जोशीको नाम उल्लेख गरेका थिए । सुसाइड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएपछि परिवारले उनको नाममा आत्महत्या दुरुत्साहनअर्न्तगत मुद्दा दायर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले मुद्दा आदालतमा पेश गरेको थियाे । साेही मुद्दामा कञ्चनपुर जिल्ला आदालतले शिक्षक जोशीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले शिक्षक जोशीलाई पाँचा लाख धरौटीमा रिहा गर्न आदेश भएको बताए । श्रेस्तेदार जोशीका अनुसार जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले पाँच लाख धरौटी लिएर जाेशीलाई रिहा गर्न आदेश गरेको हाे । 

बुधबार थुनछेक बहसपछि अदालतले जोशीसँग धरौटी लिन आदेश दिएको थियो । आदालतले आदेश दिएअनुसार धरौटी तिरेर शिक्षक जोशी रिहा भएका छन् । भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले ‘मर्नुको कारण’ हरिलाल जोशी 'एलबिए प्लस टु कोडिनेटर' भनेर नाम उल्लेख गरेका थिए । 

साे घटनापछि प्लस टु संयोजक जोशीलाई लिटिल बुद्ध एकेडेमी विद्यालय व्यवस्थापन समितिको बैठकले बर्खास्त गरेको थियो । महेन्द्रनगरकै महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीकाे मृत्यु र लिटिल बुद्ध विद्यार्थीको आत्महत्या प्रकरणबाट कञ्चनपुरका शिक्षक त्रसित भएका छन् ।  

सम्बन्धित समाचार