नदीमा डुबेर दुईको मृत्यु 

२०७६ श्रावण २८ मंगलबार १०:५१:००

नुवाकोटको ककनी गाउँपालिकाको ओखरपौवास्थित कोल्पु खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

कोल्पु खोलामा बालुवा झिक्ने क्रममा बनेको खाल्डोमा डुबेर सोही ठाउँकी १३ वर्षीया विनिता बलामी र सिन्धुली फिक्कल गाउँपालिकाकी ३७ वर्षीया लक्ष्मी तामाङको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

विनिता बलामी पौडी खेल्ने क्रममा डुबेपछि बचाउन गएकी लक्ष्मीको पनि डुबेर मृत्यु भएको हो । अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा परेर ज्यान गएको भन्दै स्थानीयले दोषीलाई कारवाहीको माग गरिरहेका छन् । शव घटनास्थलबाट स्थानीयले उठाउन दिएका छैनन् । 

सम्बन्धित समाचार