महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२–आधारभूत शिक्षा तथा साक्षरता समितिबिच सम्झौता भएको छ। शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी गत शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यका साथ रोटरी क्लबहरूमार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ।
उक्त सहयोगअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थापनालगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनाहरूका लागि बैंकले सहकार्य गर्नेछ।