Skip This
धनकुटामा तास खेलिरहेको अवस्थामा आठजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा तास खेलिरहेको अवस्थामा आठजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १४:३२:oo

धनकुटा नगरपालिका– १, हिलेबजारबाट तास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ।    स्थानीय सीताराम श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा गएराति छापा मारेर प्रहरीले आठजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका– १, हिलेका ५२ वर्षीय मोहनबहादुर विश्वकर्मा, ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ, ४४ वर्षीय तेजबहादुर मगर र ५३ वर्षीय रमेश भण्डारी रहेका छन्।

त्यस्तै धनकुटा नगरपालिका– २ का ३२ वर्षीय दीपेन्द्र मगर, धनकुटा– १० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका– ८ का ३६ वर्षीय रामकाजी विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

तासको खालबाट एक लाख १४ हजार ५५० रुपैयाँ नगद बरामद भएको प्रहरीले बताएको छ। त्यस्तै, चार बुक तास तथा ५, २०, ५० र ५०० लेखिएको गोटीहरू पनि प्रहरीले फेला पारेको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।
 

↑