Skip This
एनपिएलअघि नै एक्स्ट्रिमको विशेष अभियान, मैदानबाहिर सात टोलीका लागि सात गेट
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
२o८३ असोज ११ आइतबार १९:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनपिएलअघि नै एक्स्ट्रिमको विशेष अभियान, मैदानबाहिर सात टोलीका लागि सात गेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १९:१५:oo

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष सक्रियता सुरु गरेको छ। सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्स्ट्रिमले प्रतियोगिताको प्रारम्भिक चरणमै व्यापक ब्रान्ड अभियान अघि बढाएको हो।

एनपिएलका खेलहरू आयोजना हुने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरबाहिर रहेका सातवटा प्रवेशद्वारलाई सात प्रायोजित टोलीसँग समर्पित गर्दै एक्स्ट्रिमले विशेष गेट अभियान सञ्चालन गरेको छ। प्रत्येक गेटलाई सम्बन्धित टोलीको पहिचान र एक्स्ट्रिमको ब्रान्डिङसँग जोडेर तयार गरिएको छ। प्रतियोगिता सुरु हुनुअघि नै यस किसिमको अभियान सुरु गर्ने पहिलो ब्रान्ड एक्स्ट्रिम रहेको कम्पनीको दाबी छ।

टोलीका समर्थकलाई उनीहरूका मनपर्ने टोलीसँग जोड्ने र एनपिएलको वातावरणलाई अझ उत्सवमय बनाउने उद्देश्यले यी गेटहरू तयार गरिएको एक्स्ट्रिमले जनाएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, विराटनगर किंस, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा सम्झौता गरेको छ। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदै छ।

एक्स्ट्रिमले नेपाली खेलकुदसँग ब्रान्डलाई जोड्ने विभिन्न सिर्जनात्मक तथा प्रवर्द्धनात्मक गतिविधिलाई पनि निरन्तरता दिने जनाएको छ। नेपाली खेलकुदसँगको यस्तो सहकार्यले खेलाडी, समर्थक र ब्रान्डबिचको सम्बन्धलाई थप विस्तार गर्ने तथा व्यवसायहरूलाई खेलकुदमार्फत उपभोक्तासँग सिर्जनात्मक रूपमा जोडिने अवसर प्रदान गर्ने एक्स्ट्रिमको विश्वास छ।

↑