मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १८:२५:००
Read Time : < 1 मिनेट
विश्व

गरिब किसानले पाए करिब एक कराेड बराबरकाे हिरा, प्रहरीले थाल्याे कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १८:२५:००

भारतको आन्ध्र प्रदेशस्थित कुरनूल जिल्लाका एक किसानले खेत क्रममा नेपाली ९६ लाख रूपैयाँ बराबरको हिरा फेला पारेका छन् । गरिब किसानले पाएको उक्त हिरा स्थानीय व्यापारी अल्लाह बख्सलाई बेचेका थिए । 

व्यापारीले किसानलाई हिरा लिएर पाँच तोला सुनसहित २१ लाख ६० हजार रूपैयाँ दिएका थिए । जब उक्त घटना बाहिर आयो त्यससँगै प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

प्रहरीले भनेको छ, 'हिराको क्यारेट, रंग तथा तौलबारे जानकारी लिने काम भइरहेको छ । यसपछि घटनामा संलग्न भएकाहरूलाई कारबाही हुन्छ ।' उक्त जिल्लामा हिरा पाएको यो दोस्रो घटना हो । एजेन्सी