Skip This
प्रहरी हिरासतबाट छुटाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १९:२२:oo

अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा सर्लाहीबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत शनिबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चौधरीले सोही स्थानका राजेन्द्र रायसँगको मिलेमतोमा प्रहरी कर्मचारीलाई प्रभावित पारेर मानिस छुटाइदिने भन्दै रकम उठाएका थिए। चौधरी पक्राउ परेलगत्तै फरार भएका राजेन्द्रको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले प्रहरीले प्रदान गर्ने सम्पूर्ण सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने स्पष्ट पार्दै यस्ता प्रलोभन र ठगीमा नपर्न तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।