मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सकाे चारदिने सम्मेलन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १६:५o:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटेल मनकामना हिलक्रेस्ट रिसोर्टमा सम्पन्न गरेको छ। ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बिमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले जीवन बिमा व्यवसाय दिन प्रतिदिन प्रतिस्पर्धात्मक हुँदै गइरहेको उल्लेख गर्दै कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धमा समेत प्रशिक्षण दिने गरी डिजिटल मार्केटिङलाई प्रवर्द्धन गर्नुपर्ने औंँल्याइन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नयाँ आर्थिक वर्षकाे सुरुवात केवल क्यालेन्डर परिवर्तन नभई सोच, प्रतिबद्धता र भविष्यलाई अझ उचाइमा पुर्‍याउन प्रण गर्ने शुभ अवसर रहेको बताए।

नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण प्रदान गरे। जीवन बिमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरू यस विषयमा विशेष चनाखो हुनुपर्नेमा जोड दिए।

कर्मचारीहरूलाई प्रविधिमा अब्बल बनाउने उद्देश्यले एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले विशेष प्रशिक्षण प्रदान गरे। त्यस्तै, प्रतिस्पर्धात्मक बिमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आएका प्रशिक्षक सुरन डी सिल्भाले पनि प्रशिक्षण प्रदान गरे।

सम्मेलनका अवसरमा आर्थिक वर्ष ०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय, अधिकतम प्रथम बिमाशुल्क संकलन, अधिकतम सक्रिय अभिकर्ता उत्पादन र अधिकतम बिमालेख संख्याको आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलगायत चेयरपर्सन क्लब योजना र सिइओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनाेट गराउन सफल उत्कृष्ट एक–एक शाखा कार्यालयहरूलाई कम्पनीका अध्यक्षले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।