मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नदीजन्य पदार्थ व्यवस्थापनमा कानुन बाधक बन्नुहुँदैन : सांसद तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १४:४३:oo

रास्वपा सांसद आशिका तामाङले समयानुकूल नदीजन्य पदार्थको उद्योग सञ्चालनमा सहजता हुने गरी वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न माग गरेकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले वातावरण संरक्षण र आर्थिक विकासबिच सन्तुलन कायम गर्न पनि ऐन संशोधनको आवश्यकता रहेको बताइन्।

बर्खायाममा खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेधित भए पनि रातारात करोडौँको बालुवा तस्करी भइरहेको भन्दै उनले भनिन्, ‘यो समस्या मेरो जिल्ला धादिङलगायत नेपालको अधिकांश नदीमा जटिल रूपमा खडा छ। त्योभन्दा जटिल हाम्रो कानुन र प्रक्रियामा छ।’

ढुंगा, गिटी र बालुवा निकाल्नै पाइँदैन भन्ने आफ्नो मनसाय नरहेको प्रस्ट पार्दै उनले यसको व्यवस्थापनमा कानुन बाधक बन्न नहुने तर्क गरिन्।