मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ श्रावण २५ सोमबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको प्रश्न– बजारमा ग्यास छैन, सरकार कहाँ छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १४:२९:oo

प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने सम्बोधन सरकारी सञ्चारमाध्यमभन्दा निजी फेसबुक पेजको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको आरोप लगाएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेकी सचेतक नीता घतानीले प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक सञ्चारमाध्यमलाई बाइपास गर्दै सामाजिक सञ्जालको भ्युज बढाउनेतर्फ प्रधानमन्त्री केन्द्रित हुनु दुःखद भएको बताइन्।

उनले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाटै नेपालले भारतको सीमा मिचेको आसय व्यक्त गरेको भन्दै आपत्ति जनाइन्। संवेदनशील विषयमा प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा यस्तो अभिव्यक्ति दिएको हो भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ घतानीले भनिन्, ‘आफ्नो देशको अस्मितामाथि प्रश्न उठाउने अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ।’

किसानले समयमै मल नपाउने र उत्पादनको उचित मूल्य नपाउने समस्या कायमै रहेको उल्लेख गर्दै उनले गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकार असफल भएको आरोप लगाइन्। बन्द अवस्थामा रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारले पर्याप्त पहल नगरेको उनको भनाइ थियो। बजारमा ग्यासको अभाव र बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराउँदै घतानीले प्रश्न गरिन्, ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ ?’