मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखन र करणी कसुरका फरार अभियुक्त कतारमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १४:१९:oo

मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी कसुरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्।

धनुषाको धनौजी गाउँपालिका– ५ बस्ने मो. ताहिर राइनलाई उक्त कसुरको अनुसन्धानका क्रममा वारदातपछि फरार रहेकाले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राइनविरुद्ध रेड नोटिस जारी गरेको थियो। इन्टरपोल शाखा र एनसिबी दोहा, कतारबिचको समन्वयमा राइनलाई कतारमा पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

पक्राउ परेका राइनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। विमानस्थलमा इन्टरपोल शाखा (एनसिबी काठमाडौं)बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ।