मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २५ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १४:oo:oo

रोजगारीको खोजीमा आफ्नो मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले छाडेर जाने परिवारको कथा बोकेको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ।

रानाकै शब्द, संगीत र स्वर रहेको गीत बिदेसिन बाध्य युवाप्रति समर्पित छ। गाउँ रित्तिँदै जाँदा वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य भइरहेको अवस्था, बसाइँसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक असर र बढ्दो वातावरणीय संकटलाई गीतले संवेदनशील ढंगले उठाएको छ।

यसअघि हेमन्तका चर्चित गीत ‘सुन साइँली’ले पनि वैदेशिक रोजगारीका लागि बिदेसिएको नेपाली युवा र उसले घरमा छाडेर गएको परिवारको पीडालाई कथाका रूपमा प्रस्तुत गरेको थियो। उक्त गीतले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको भावनात्मक प्रभावलाई निकै बलियोसँग उठाएको थियो।

गीतमा कोबिद बज्रको म्युजिक प्रोडक्सन तथा मिक्सिङ–मास्टरिङ रहेको छ। बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा रेकर्डिङ र ड्रम्स, निशाद श्रेष्ठको चेलो र रोमन बुढाथोकीको भायोलिन रहेको छ।

गीतको भिडियोमा विजय बराल, रक्षा थापा र मणि के. राईले अभिनय गरेका छन्। हेमराज बिसीको निर्देशनमा बनेको भिडियोमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन रहेको छ।