मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १३ बुधबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १३ बुधबार १९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा ब्राउनसुगरसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १३ बुधबार १९:२९:oo

लागुऔषध ब्राउनसुगरसहित पोखराबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको ट्याम्के गाउँपालिका–६, घर भई कास्कीको पोखरा महानगरपालिका–१४, शुभकामना टोल बस्ने ३३ वर्षीय मनोजकुमार मंग्राती र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भई पोखरा १० मिलनटोल बस्ने ३७ वर्षको विश्वास पुन रहेका कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

पोखरा– १४ स्थित छिनेडाँडा क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २३ ग्राम ९३ मिलिग्राम ब्राउनसुगर, दुई लाख ८१ हजार पाँच सय नगद र चार थान मोबाइल बरामद गरेको पासवानले जानकारी दिए। प्रहरी हिरासतमा रहेका उनीहरूलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।