मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार

जेन-जी आन्दोलनको क्रममा रातोपुलमा लुटपाट गर्ने तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

गत २४ भदौमा भएको जेन-जी आन्दोलनमा काठमाडौंको रातोपुलथित एक घरमा सुनका गरगहनालगायत सामान लुटपाट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजा पक्राउ परेका हुन्। उनीहरूलाई रातोपुलस्थित डेराबाटै चोरी गरेका सुनका गहनालगायत सामान पनि बरामद गरिएको एसपी अपिलराज बोहराले बताए। उनीहरुबाट सुनका गहना, म्याकबुक, नगद पनि बरामद भएको छ ।