
संविधान दिवसको अवसरमा उदयपुरका ट्राफिक प्रहरीलाई चस्मा वितरण गरिएको छ। मूल समारोह समितिले जिल्ला समन्वय समितिमा गरेको अन्तर्क्रिया कार्यक्रममा नेपाल नेत्र ज्योति संघ उदयपुरले ट्राफिक प्रहरीलाई कालो चस्मा प्रदान गरेको हो।
नेकपा एमाले उदयपुरका अध्यक्ष तथा नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउतका अनुसार जिल्लामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीलाई चस्मा उपलब्ध गराइएको छ। जिल्लाभरका ३५ ट्राफिक प्रहरीलाई दुई हजारदेखि चार हजार पाँच सय रुपैयाँसम्मको चस्मा वितरण गरिएको राउतको भनाइ छ। ‘ड्युटीमा रहेका प्रहरीहरूको आँखाको सुरक्षाका लागि कालो चस्मा उपलब्ध गराइएको हो,’ उनले भने।
साथै उदयपुरका प्रमुख राजनीतिक दलहरूले आ–आफ्नो पार्टी कार्यालयमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाएका छन्। नेकपा (माओवादी केन्द्र) उदयपुरगढी गाउँपालिका कमिटीका सचिव होम बस्नेतका अनुसार पार्टी गाउँ कमिटीले पर्यटकीय केन्द्र अँधेरी झर्नाआसपास सरसफाइ गरेको छ।