मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
हदिश खुद्दार ज्नकपुरधाम
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री सिंह भन्छन्– संविधान र संघीयता जोगाउन राजीनामा दिन्नँ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, ज्नकपुरधाम
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकको विषम अवस्थामा संविधान र संघीयता जोगाउन आफूले तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन् । 

जेन–जी आन्दोलनपश्चात् पहिलोपटक आज शुक्रबार संविधान दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । 

भ्रष्टाचार उन्मूलन र संविधानको केही प्रावधान संशाेधनका लागि जेन–जी पुस्ताको आन्दोलन भए पनि संघीयता र संविधानविरोधी तत्त्वले आन्दोलनमा घुसपैठ गरी संघीयता र संविधानमाथि नै आक्रमण गर्न खोजेको अवस्थामा आफूले राजीनामा नदिने बताए ।

‘जेन–जी आन्दोलनमा समर्थन जनाएर नै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको साँचो होे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर, जब मलाई आफ्नै पार्टीका केही व्यक्ति संविधान र संघीयताविरोधीसँग मिलेको आभास भयो, त्यसपछि मैले राजीनामा नदिने मनसाय बनाएँ ।’ ‘मधेश प्रदेश संघीयताको जननी हो,’ उनले भने, ‘विषम परिस्थितिमा म मुख्यमन्त्रीबाट राजीनामा दिएर भागेको खण्डमा इतिहासमा मलाई भगौडा मुख्यमन्त्री भनेर भन्छन्, त्यसकारण म विश्वासको मत लिन्छु र मलाई लाग्छ, अहिलेको अवस्थामा सरकार परिवर्तनको आवश्यकता छैन ।’  

राष्ट्रपति रामचन्द्र पौडलले संविधान र संघीयता जोगाउन खेलेको भूमिकाजस्तै भविष्यमा आफ्नो पनि कामको जनताले मूल्यांकन गर्ने उनले बताए । हिजो पार्टीले तीन दिनभित्र स्पष्टीकरण मागेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने, ‘केही व्यक्तिको उक्साहटमा पार्टीले मलाई स्पष्टीकरण सोधेको छ । तर, जब पार्टीले सत्य कुरा थाहा पाउँछ, त्यसपछि मैले नै लिएको अडानमा सहमत हुन्छ ।’