मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत–सम्भारमा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्गको भवन पुनर्निर्माण तथा मर्मत–सम्भारका लागि आर्थिक सहयोग गरेको छ।

उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकाले तत्कालका लागि कार्यालय भवन मर्मत–सम्भार तथा अन्य सिभिल कार्यहरू गर्न आर्थिक सहयोग गरेको बैंकले जनाएको छ। बैंकले यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास लिएको छ।

साथै बैंकको सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरू सुरक्षित रूपमा सञ्चालन भइरहेकोसमेत बैंकले बताएको छ। हाल महालक्ष्मी विकास बैंकको लेकसाइड शाखाबाहेक १०२ शाखा कार्यालयहरू सञ्चालनमा छन्।