मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एक लाख घुससहित लेखा अधिकृत पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको हो। 

आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९, मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग एक लाख रुपैयाँ घुस लिएका हुन्।