मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेतृत्वबाट बिदा लिन ओलीमाथि पार्टीभित्र दबाब बढ्दै, तर छैन संकेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:oo:oo

अहिलेको संकट र दमनको जिम्मेवारी लिएर निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले नेतृत्वबाट बिदा लिई पुनर्गठन अभियान सुरु गर्नुपर्ने मत पार्टीभित्र बढ्दै गए पनि उनी स्वयं राजीनामा दिने मुडमा छैनन् ।

त्यही कारण संस्थापन पक्षले संकटका वेला पार्टीभित्र छलफल गर्ने विषयबारे बाहिर प्रतिक्रिया दिने कुरा ठिक नभएको भन्दै प्रतिरक्षा गरिरहेको छ । राजीनामा नदिने, प्रतिरक्षा गर्ने नीतिअनुसार नै ब्यारेकभित्र रहँदा पनि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएनन् ।

सोही कारण संस्थागत धारणाका लागि एमालेको सचिवालयको बैठक पनि यसबिचमा बस्न सकेन । ओलीले नै अहिलेको संकटका विषयमा धारणा सार्वजनिक गरेपछि उपयुक्त समयमा समीक्षा र आगामी बाटोबारे बैठक आयोजना गर्ने मुडमा महासचिव शंकर पोखरेल देखिन्छन् ।

केही दिनअघि उनले उपयुक्त समयमा पार्टीले समीक्षा बैठक गर्ने वक्तव्यमा उल्लेख गरेका थिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पार्टी पुनर्गठनको विषय अहिले प्रवेशै नभएको बताए । ‘पार्टी पुनर्गठन भनेको पार्टीको आन्तरिक बिजनेस हो । त्यो विषयमा प्रवेश नै गरेका छैनौँ,’ गौतमको भनाइ छ ।