मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस सभापति देउवाकाे सचिवालयकाे दाबी– देउवानिवासमा अत्यधिक पैसा भेटिएको समाचार कपोकल्पित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाकाे सचिवालयले जेन–जी आन्दोलनका क्रममा देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवासपरिसरमा जताततै भेटिएको, पैसा लुकाउन सुरूङ्ग बनाएको जस्ता समाचार आइरहेकोमा ती सबै समाचार कपोलल्पित मात्रै भएको जनाएका छन् । जेन–जी आन्दोलनको आठ दिनपछि सभापति देउवाको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरेको छ ।      

विज्ञप्तिमा भनिएको छ– विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्या‌‌की रहेको स्पष्ट गर्दछु । यस्तै, जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ।