मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५o:oo
Read Time : < 1 मिनेट
समाचार

दसैँको घटस्थापना, दशमी र कोजाग्रत पूर्णिमाबाहेक अन्य दिन सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५o:oo

दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने भए पनि घटस्थापना, विजया दशमी र कोजाग्रत पूर्णिमाका दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ गर्ने भएको छ । सर्वोच्चले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

सूचनामा भनिएको छ– विजया दशमी, २०८२ को उपलक्ष्यमा मिति २०८२।०६।०६ गते घटस्थापनाको दिन देखि ऐ। २० असोज कोजाग्रत पूर्णिमाको दिनसम्म सर्वोच्च अदालत विजया दशमीको विदामा बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’