Skip This
सिराहामा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना, स्थानीयले गरे स्वागत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना, स्थानीयले गरे स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

सिराहामा जेन–जी आन्दोलनका क्रममा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना गरिएको छ। अस्थायी प्रहरी बिट फुलबरिया र बाह्रबिघा मात्र पुनर्स्थापना गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमातहत रहेका ४१ प्रहरी युनिटमध्ये १४ वटा आन्दोलनका क्रममा विस्थापित भएका थिए। इलाका प्रहरी कार्यालय गोलबजार, नरहा, विष्णुपुर, कल्याणपुर, प्रहरी चौकी बेल्हा, लगडीगोठ, लगडी गदियानी, सन्हैठा, औरही, हरकट्टी, लहान प्रहरी बिटलाई पुनस्थापना गरिएको हो।

आन्दोलनबाट ध्वस्त भएका प्रहरी युनिटहरू साबिक स्थानमै पुनर्स्थापना थालिएको डिएसपी पासवानले बताए। पुनर्स्थापित प्रहरी युनिटमा प्रहरी टोली पुगेपछि स्थानीय तहका जनप्रतिनिधिसँगै नागरिकले फूलमालाले स्वागत गरेका छन्।