Skip This
नेपाली सेनाको ट्रक दुर्घटना : १६ जना घाइते, तीनको अवस्था गम्भीर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली सेनाको ट्रक दुर्घटना : १६ जना घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब २ः५० बजे तनहुँस्थित २ नम्बर राजदल गणबाट धनुषातर्फ गइरहेका चारवटा सेनाका ट्रकमध्ये लु.१ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो।

उपसेनानी हर्षविक्रम अधिकारीको कमान्डमा गइरहेका ट्रकहरूमध्ये एक ट्रक पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको  छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको कमान्डमा प्रहरी टोली, जिल्ला ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर, रातोमाटे प्रहरी चौकी र अमलेखगन्ज (बारा)बाट खटिएका टोलीले नेपाली सेनासँगको सहकार्यमा उद्धार गरेका थिए।

उद्धार गरिएका १६ जना घाइतेलाई हेटौँडा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्येका केहीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ।

प्रहरीका अनुसार घाइते सबैजना सैनिक पोसाक (युनिफर्म)मै रहेका थिए। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।