
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर पार्टीले प्रकाशित गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल गरेका छन् ।
नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो । प्रचण्डले सोही अनुरुप सम्पादन भएर राजनीतिक प्रतिवेदन प्रकाशित गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भइसकेको बताएका थिए ।
सहमती विपरित पूर्व एमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलिय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि दुबै पार्टी वीच अविश्वास सृजना भएको थियो ।
प्रचण्ड निवास पुगेका एक नेताले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताए ।