मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल रेल्वे पाँच दिनपछि सञ्चालनमा, छैन यात्रुको चहलपहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामसम्म सञ्चालनमा रहेको नेपालको एक मात्रा रेल्वेमा यात्रुहरूको चाप घटेको छ। जेन-जी आन्दोलनका कारण ठप्प भएको रेल सेवा पाँच दिनपछि २९ भदौ आइतबारदेखि सञ्चालनमा आएको छ।

दैनिक ६ पटक जयनगर–जनकपुरधाम ओहोरदोहोर गर्ने रेल आइतबार चारपटक मात्र ओहोरदोहोर गर्‍यो। पहिलो दिनको पहिलो लटमा जयनगरबाट २५ जनाले टिकट काटेर यात्रा गरेको नेपाल रेल्वे कम्पनीको जयनगर स्टेसन अधिक्षक एसएल मिनाले जानकारी दिए। सो दिन कुल १४० जनाले यात्रा गरेका थिए।

रेल्वे सञ्चालनमा हुँदा एकपटकमा एक हजार यात्रीको क्षमता भए पनि एक हजार दुई सय जनासम्मले यात्रा गर्दै आएका थिए। दुईतर्फी गरी करिब ६ हजारभन्दा बढीले दैनिक यात्रा गर्ने गरेकोमा अहिने २ सय हाराहारीमा मात्र यात्रा गर्दै आएका छन्। 

एसएल मिनाले नेपाल रेल्वेलाई पनि आन्दोलनले असर परेको भन्दै चाँडै लयमा फर्किने विश्वास व्यक्त गरे।