मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘सन् २०५० सम्ममा बढ्दो समुद्री सतहले १५ लाख अस्ट्रेलियालीलाई खतरामा पार्ने’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

समुद्री सतह बढ्दा सन् २०५० सम्ममा तटीय क्षेत्रमा बसोबास गर्ने करिब १५ लाख अस्ट्रेलियाली जोखिममा पर्ने एउटा ऐतिहासिक जलवायु प्रतिवेदनले चेतावनी दिएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय जलवायु जोखिम मूल्यांकनले बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र डढेलोजस्ता गम्भीर जलवायु जोखिमहरूको पूर्वानुमान गरेको छ।

बिबिसीका अनुसार प्रतिवेदनले तीनवटा विश्वव्यापी तापक्रम वृद्धि परिदृश्यहरूलाई हेरेको थियो– १.५ डिग्री सेल्सियसभन्दा माथि, २ डिग्री सेल्सियसभन्दा माथि र ३ डिग्री सेल्सियसभन्दा माथि।

अस्ट्रेलियामा तापक्रम पहिले नै १.५ डिग्री सेल्सियसले बढिसकेको छ। रिपोर्टका अनुसार, ३ डिग्री सेल्सियसको तापक्रममा सिड्नीमा गर्मीसँग सम्बन्धित मृत्यु चार सय प्रतिशतभन्दा बढी र मेलबर्नमा झन्डै तीन गुणा बढ्न सक्छ।

सन् २०५० सम्ममा अस्ट्रेलियामा ‘उच्च र अति उच्च जोखिम क्षेत्रहरू’मा अवस्थित तटीय समुदायहरूको संख्या बढ्नेछ। यदि जनसंख्याको स्तर हालको अवस्थामा नै रह्यो भने यसले १५ लाखभन्दा बढी मानिस जोखिममा पर्नेछन्।