
प्रधानमन्त्री सुशीला कार्कीले आजै केही मन्त्रीहरू नियुक्त गर्ने भएकी छिन्। सानो मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल जारी छ।
मन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको टुंगो लागेको छ। गृह मन्त्रालयका लागि भने सहमति जुटिनसकेको स्रोत बताउँछ। अधिवक्ता ओमप्रकाश अर्यालको पनि मन्त्री हुने सम्भावना उच्च छ।
सरकारलाई चलायमान बनाउन आजै केही मन्त्रीको शपथको सम्भावना छ।