मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार

रुपन्देहीमा जेन-जी आन्दाेलनबाट क्षतिको विवरण संकलन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

जेन–जी आन्दोलनका क्रममा रुपन्देहीमा तोडफोड तथा आगजनीबाट भएको क्षतिको विवरण संकलन सुरु भएको छ । जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा  भएको क्षति विवरण संकलन सुरु भएको हो । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले पूर्ण तथा आंशिक क्षति भएका सबैको विवरण संकलन सुरु भएको बताए । आन्दोलनका क्रममा बुटवल उपमहानगरपालिकासहित विभिन्न सरकारी कार्यालय तथा निजी क्षेत्रका व्यवसायीक प्रतिष्ठान एवं विभिन्न राजनीतिक दलका कार्यालय तथा केही नेताका घरहरूमा समेत क्षति भएको थियो । क्षतिको विवरण केही दिनभित्रै संकलन भइसक्ने प्रशासनले जनाएको छ ।

रुपन्देहीमा भैरहवा भन्सार कार्यालयसहित भैरहवाका केही सरकारी कार्यालयमा क्षति पुगेको थियो । त्यस्तै, बुटवलमा बुटवल उपमहानगरपालिकासहित  आन्तरिक राजश्व कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवलसहित विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको छ । क्षति पुगेका कार्यालयहरूबाट पनि आधारभुत सेवाहरू दिन थालिएको प्रजिअ पाण्डेले बताए ।  

रुपन्देहीमा बुटवलको सुख्खानगर रहेको भाटभटेनी सुपरमार्केट, बुटवलस्थित ड्रिम इन्टरनेशनल होटल, तिलोत्तमामा रहेको होटल टुलिप, मणिग्राममा रहेको होटल ड्रिमल्याण्डसहित भैरहवा क्षेत्रका पनि केही व्यवसायीक प्रतिष्ठानमा क्षति पुगेको थियो ।