मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १८:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फिर्ता आउन थाल्यो लुटपाट गरिएका खाद्यको चामल चिनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

जेन–जी समूहको आन्दोलन-प्रदर्शनको मौका छोपेर जिल्लास्थित विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान, स्थानीय तहहरुबाट लुटिएका खाद्यान्न, नगद, जिन्सी लगायतका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरिएको तीन दिनपछि लहानस्थित खाद्यको चामल चिनी फिर्ता हुन थालेको छ । 

लहान नगरपालिका-१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चारवटा गोदामबाट २४ भदौको दिउँसो लुटपाट गरिएकामध्ये आइतबार केही जनाले स्वयम् र केहीले स्थानीय युवाहरुमार्फत् फिर्ता गरेका हुन् । खाद्यका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार आइतबार अपरान्हसम्म केही व्यापारी, सर्वसाधारणले लुटपाटको क्रममा लगेका चामल, चिनीमध्ये करिब ५० बोरा चामल, १० बोरा जति चिनी फिर्ता भएको हो । ‘फिर्ता गर्नेहरुको प्रतिष्ठालाई ख्याल गरेर नाम भने गोप्य राखेका छौं’ उनले भने ।  

खाद्यका अनुसार चारवटा गोदाममा भण्डारण गरिएको अरुवा सोना मन्सुली, फोर्टिफाइड सोना मन्सुली, फोर्टिफाइड र स्टिम जिरा मसिनो चामल गरी आठ हजार एक सय ४८ क्वीण्टल, चिनी तीन हजार दुई सय २० क्विन्टल, ५३ क्विन्टल २१ किलो धान, जुटका विभिन्न साइजका नयाँ पुराना गरी ९८ हजार आठ सय १५ थान बोरा लुटपाट भएको छ । ‘चामल, चिनी, धान, जुटका बोरासहित १० करोड ९१ लाख २२ हजार आठ सय २७ रुपैयाँ बराबरको लुटपाट भएको छ’ सूचना अधिकारी महतोले भने । 

त्यसबाहेक धान चामललाई घुन, किराबाट जोगाउन छोपिने विशेष खालको त्रिपाल फ्युमिगेसन सिट नयाँ छ थान, केही थान पुराना पनि लुटिएको उनले बताए ।

‘एउटा फ्युमिगेसन सिट कम्तिमा पनि सात÷आठ जनाले मात्र उचाल्न सक्छन्’ उनले भने ‘मुलुकभर खाद्यसँग मात्र रहेको त्यो पनि लुटेर लरिएको छ ।’ लुटपाटको क्रममा कार्यालय भवनसँगै रहेको ग्यारेजम राखिएको बा.१ ञ १०९० नम्बरको कार, चालु अवस्थामा रहेको गल्यामर कम्पनीको मोटरसाइकलमा पनि काम नलाग्ने गरी आगजनी गरिएको छ । कार्यालय परिसरमै रहेको खाद्यका कर्मचारीको क्वार्टरबाट ल्यापटप, खाना पकाउने दुई थान ग्याँस सिलिण्डर समेत लटिएको छ । 

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आन्दोलनको क्रममा विभिन्न कार्यालयहरुमा तोडफोड, आगजनी गर्नुका साथै त्यसको मौकामा केही लुटेरा मानसिकताका व्यक्तिहरुले लुटपाट गरेर लगेका खाद्यान्न, नगद, जिन्सी लगायतका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेका थिए ।

सूचनामा त्यस्ता सामान लुटपाट र चोरी गरी घरसम्म लगेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य संचारमाध्यमहरुमा स्पष्ट देखिएकाले निर्देशन अवज्ञा गरी सरकारी सम्पत्ति फिर्ता नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।