
नेपालगन्जस्थित जमुनाहा नाका आंशिक रूपमा खुलेको छ । जेन-जीको प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी नाका पूर्ण रूपमा बन्द गरिएको थियो।
नेपालगन्जको जनजीवन लयमा फर्किएपछि नाका आंशिक रूपमा खोलिएको हो । नाका खुलेपछि भारतीय सीमा बजारमा किनमेल गर्नेको संख्या ह्वात्तै बढेको छ। ‘नाका खुलेपछि आउजाउ गर्न र घरायसी सामान किनमेल गर्न सहज भएको छ,’ नेपालगन्ज–५ का अब्दुल करिम खानले भने ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले पनि खुकुलो बनाएको छ । शुक्रबारसम्म भारतीय र अत्यावश्यक कामका लागि मात्र भारत प्रवेश गर्न दिएको एसएसबीले शनिबारदेखि किनमेल गर्न जाने नेपालीलाई समेत प्रवेश गर्न दिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा सुरु गरेको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेको भन्सार कार्यालयले जनाएको छ । शुक्रबार र शनिबारमा झन्डै सयवटा ट्यांकर नेपागन्ज नाकाबाट भित्रिएको नेपागन्ज भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए।
परिस्थिति सहज भएपछि नेपालगन्जमा चहलपहल बढेको छ।