मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format २o:४o:oo
Read Time : < 1 मिनेट
समाचार

नक्खु र जलेश्वर कारागारबाट भागेका भारतीयसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४o:oo

जेन-जी आन्दोलनपछि भएको हिंसात्मक घटनाको मौका छोपेर काठमाडौंको नक्खु र जलेश्वर कारागारबाट फरार भएका दुईजना सिराहामा पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा नक्खु कारागारबाट फरार भएका सिराहाको लहान नगरपालिका–४ का बैंकिङ कसुर मुद्दाका करिब ५१ वर्षीय रामसेवक यादव हुन्।

यस्तै, प्रहरीले महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका ज्यान मार्ने उद्योगअन्तर्गत पुर्पक्षमा रहेका भारतको मधुवनी थाना झंझारपुरका करिब ३८ वर्षीय गोपाल साहलाई समेत पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। 

दुवैजनालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ। त्यसअघि सिराहा प्रहरीले शुक्रबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध तथा हातहतियार खरखजाना मुद्दाअन्तर्गत जलेश्वर कारागारमा पुर्पक्षमा रहेका २६ वर्षीय रूपेशकुमार बैदार, पर्साको बिर्तास्थित बाल सुधारबाट फरार भएका बाल बिज्याइकर्ताहरू जबर्जस्ती करणी मुद्दाका १४ वर्षीय मोहम्मद सद्दाम अन्सारी र कर्तव्य ज्यान मुद्दाका १५ वर्षीय मोहम्मद सहमद नदाफ गरी तीनजनालाई पक्राउ गरी सम्बन्धित कारागार र बालसुधार गृहमा पठाएको उनले बताए।