मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति, सुशीला कार्की र जेन–जी समूहबिच निर्णायक वार्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

राष्ट्रपतिनिवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानान्यायाधीश सुशीला कार्की र जेन–जीका समूहबिच निर्णायक वार्ता सुरु भएको छ।

वार्तामा जेन–जी समूहबाट सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी रहेको जेन–जी समूहका सदस्य रोनिष प्रधानले जानकारी दिए। उनका अनुसार जेन–जी समूहबाट १० जनाको टिम छलफलमा पुगेको छ। 

उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा आजै नियुक्ति गर्नुपर्ने र त्यसअघि संसद् विघटन गर्नुपर्ने माग राखेका छन् । तर, राष्ट्रपति पौडेल भने संसद् विघटन गर्ने पक्षमा छैनन् । उनले संसद् विघटन नगरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने पक्षमा छन् ।