
भाटभटेनी सुपरमार्केट धरान शाखाबाट चारजनाको शव जलेको अवस्थामा फेला परेको छ। शुक्रबार दिउँसो पूर्ण रूपमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमककुमार तिम्सिनाले जानकारी दिए।
पूर्ण रूपमा जलेको अवस्थामा फेला परेकाले शवको पहिचाह हुन सकेको छैन। बेपत्ता भएको भनी निवेदन प्राप्त भएको खण्डमा त्यसपछि बाँकी प्रक्रिया पूरा गर्ने तिम्सिनाले जानकारी दिए।
कर्मचारीहरूलाई आगजनी हुनुअघि नै बाहिर निस्किएर सुरक्षित रहन जानकारी गराइएको कारण भेटिएको शव चोरी र आगजनी गर्नेहरूकै हुन सक्ने उनको भनाइ छ। खरानी र अस्तु मात्र भेटिएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेन–जी समूहको प्रदर्शनका क्रममा मंगलबार भाटभटेनी धरान शाखामा आगजनी भएको थियो।