
धितोपत्रको दोस्राे बजारको कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले शुक्रबार सूचना जारी गर्दै सो जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिमा असोज २ गतेसम्म धितोपत्रको दोस्राे बजार कारोबार बन्द रहने भएको हो।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम आज मिति २०८२/०५/२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २०८२/०५/२९ देखि २०८२/०/०२ गतेसम्म धितोपत्रको दोस्राे बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।