मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा पुनः कर्फ्यु आदेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

बारामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ । देशमा हाल जारी घटनाक्रमलाई मध्यनजर गर्दै बारा जिल्लामा पनि अनुचित फाइदा उठाउने उद्देश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति, लुटपाट र आगजनी हुने जोखिमलाई रोक्न जिल्ला प्रशासन कार्यालय बाराले यो निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।

नयाँ पत्रिकासँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भने, आज बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बारा जिल्लाभर कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। प्रशासनले यस आदेशको मुख्य उद्देश्य सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा हुने क्षति, लुटपाट, आगजनी र व्यक्ति लक्षित हिंसात्मक गतिविधि रोक्नु र जिल्लाको शान्ति, सुरक्षा तथा अमनचयन कायम राख्नु रहेको जनाएको छ।

कर्फ्युको अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन र हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था गरिएको छ। प्रशासनले आवश्यक सेवामा कुनै व्यवधान नहोस् भनेर विशेष प्रबन्ध गरेको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकहरूलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र जनजीवनको व्यवधान नहोस् भन्ने लक्ष्यका साथ प्रशासनले सबै कदम चालिरहेको बताएका छन। साथै, उनले असामाजिक गतिविधिमा संलग्न नहुने र सुरक्षाकर्मी तथा प्रशासनसँग सहकार्य गर्ने सबै नागरिकलाई आह्वान गरेका छन्।