मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारहरूले असुरक्षित महसुस गरेका छन् : पत्रकार महासंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

नेपाल पत्रकार महासंघले पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस जलाइएको र पत्रकारमाथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ।

‘अहिले देशैभरि पत्रकारहरूले असुरक्षित महसुस गरिरहेका छन्। ४ जना पत्रकारहरू गोली लागि घाइते भएका छन्। धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएका छन् । जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधैँ क्रियाशील हुने पत्रकारहरू र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ,’ महासंघ अध्यक्ष निर्मला शर्माले बिहीबार निकालिएको विज्ञप्तिमा भनिएको छ ।

राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जनाएको छ। जेन जेड पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको महासंघको ठहर छ।

संक्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्न महासंघले सुझाव दिएको छ।

वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्ने महासंघको ठहर छ।

‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो, अन्य सरकार बनाउनेलगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ,’ महासंघले भनेको छ।

राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्ने उल्लेख गर्दै महासंघले जंगी अड्डाबाट निकास खोज्न नहुने जनाएको छ।

जेन-जी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न जरुरी रहेको महासंघले जनाएको छ।