मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २६ बिहीबार १५:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १५:o२:oo

जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार मृतकको संख्या ३४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा एक हजार ३६८ जना घाइते उपचाररत रहेकामा ९४९ जना डिस्चार्ज भएका छन् । अहिले ३२१ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार काठमाडौँको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच, एभरेस्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एकजनाको मृत्यु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबिच झडप भएको थियो ।