मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २१ शनिबार १९:१७:oo
Read Time : > 1 मिनेट
समाचार

सामाजिक सञ्जाल प्रतिबन्ध गरेकोमा पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूको विरोध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार १९:१७:oo

पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्धको विरोध गरेका छन् । उनीहरूले पे्रस विज्ञप्ति जारी गर्दै सरकारको कदपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ।’

प्रेस विज्ञप्तिमा भनिएको छ – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो। नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको छ। यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य हो ।
 
सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं। यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।

सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन्, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको छ ।
 
साथै सरकारलाई दवाव दिनका लागि २२ भदौ ०८२ आइतवार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको आव्हान गरिएको छ । उक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरुलाई उनीहरूले आग्रह गरेका छन् । 

१. तारानाथ दाहाल – पूर्व अध्यक्ष
२. गोविन्द आचार्य – पूर्व अध्यक्ष
३. रमेश विष्ट – पूर्व कार्यवहाक अध्यक्ष
४. खिल बहादुर भण्डारी – पूर्व उपाध्यक्ष
५. उदय जिएम – पूर्व उपाध्यक्ष
६. रोशन पुरी – पूर्व महासचिव
७. ध्रुव लम्साल – पूर्वसचिव
८. प्रकाश थापा – पूर्व सचिव
९. पवन आचार्य – पूर्व सचिव
१०. लक्ष्मी पुन – पूर्व सचिव
११. धमेन्द्र कर्ण – पूर्व सचिव
१२. लेखनाथ न्यौपाने – पूर्व लेखा समिति संयोजक
१३. अजय फुँयाल – पूर्व केन्द्रिय सदस्य
१४. उज्वल आचार्य – पूर्व केन्द्रिय सदस्य
१५. प्रकाश तिमल्सिना – पूर्व केन्द्रिय सदस्य
१६. दिपेन्द्र कुँवर – पूर्व केन्द्रिय सदस्य
१७. माधव दुलाल – पूर्व केन्द्रिय सदस्य
१८. ध्रुव रावल पूर्व – केन्द्रिय सदस्य
१९. भिषण राई पूर्व – केन्द्रिय सदस्य
२०. माधव पौडेल – पूर्व केन्द्रिय सदस्य
२१. विकाश कार्की – पूर्व केन्द्रिय सदस्य
२२. कृति भट्टराई – पूर्व केन्द्रिय सदस्य