
नेपाली महिला फुटबल टोलीमा अहिले जति पनि खेलाडी छन् । त्यसमध्ये सबैभन्दा भिन्न खेलाडी रेखा पौडेल हुन् । रेखा जब मैदानभित्र प्रवेश गर्छिन् । त्यसवेला उनको भाउभाउ फेरिन्छ । मैदानमा उनको खेल्ने शैली आक्रामक हो । अनुकूलताका लागि लडाकु र डटेर खेल्ने खेलाडी हुन् उनी । पछिल्ला केही समय नेपाली महिला राष्ट्रिय फुटबल टिमकी नायक हुन् रेखा । काठमाडौंमा भएको पछिल्ला महिला साफ च्याम्पियनसिपमा रेखा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन् ।
त्यसमा उनले कुल सात गोल गरेकी थिइन् । उनले श्रीलंकाविरुद्ध पाँच गोल गरेकी थिइन् । रेखाले समग्रमा नेपालका लागि ११ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन् । घरेलु फुटबलमा उनले एक समय एपिएफबाट खेलिन् । त्यसपछि उनी पुलिसमा रहिन् । विदेशी लिगको चर्चा गर्दा उनले स्पोर्टस् ओडिसाबाट पनि खेलिन् । अहिले उनी अबुधाबी कन्ट्री क्लबमा आबद्ध छिन् । रेखाले युएईको महिला लिगको उपाधि हात पारिन् । साथै, एएफसी महिला च्याम्पियन्स लिगमा उनले गोल पनि गरिन् । लाओसको योङ एलिफेन्ट्सविरुद्धको गोल गर्ने उनी पहिलो नेपाली खेलाडी बनिन् । यो प्रतियोगिता खेल्ने पनि उनी नै पहिलो नेपाली खेलाडी हुन् ।
अहिले रेखाको चर्चा किन ? नेपाल खेलकुद पत्रकार मञ्चले २९ भदौमा पोखरामा गर्न लागेको एनसेजेएफ पल्सर स्पोर्टस् अवार्ड ०८१ की उनी एक महत्वपूर्ण पात्र हुन् । अवार्डको पिपुल्स च्वाइस अवार्डको विधामा उनी मनोनयनमा परेकी छिन् । जति बेला पिपुल्स च्वाइसको अवार्डका लागि मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक भएको थियो । त्यतिवेला उनी आफैँ त्यस कार्यक्रममा थिइन् । सबैको ध्यान उनकै तर्फ थियो । ‘मेरा लागि त नाम पर्नु पनि ठुलै हो । मेरो त सपना पूरा भएको छ,’ उनले भनिन् ।
यो सबै सुन्दा लाग्दैन, रेखा ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताका लागि योग्य छिन् भनेर । त्यसैले उनलाई जिताउने हो भने कोही पनि नेपाली फुटबल प्रेमीले गर्नुपर्ने काम भनेको डिजिटल वालेट आइएमई खल्तीमा गएर मत दिने नै हो । विजेता खेलाडी चयनका लागि यसको ५० मतभार हुनेछ । बाँकी मतभार भने खेल पत्रकार, मुख्य प्रशिक्षक र सामाजिक सञ्जालको मत रहनेछ ।