मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साताको बजार : अचाक्ली महँगियो सुन 

प्रतितोला दुई लाख १० हजार नाघ्यो, मूल्य बढ्दा बिक्री नगण्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२७:oo

यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । साताको पहिलो दिन आइतबार सुन तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार, मंगलबार, बुधबार निरन्तर बढेर साताको अन्तिम कारोबार भएको दिन शुक्रबार आइपुग्दा हालसम्मकै उच्च प्रतितोला दुई लाख १० हजार चार सय कायम भएको छ । पहिलो दिनको तुलनामा एक सातामा सुनको मूल्य तोलामा ६ हजार आठ सय रुपैयाँले बढेको हो । 

विश्वका केन्द्रीय बैंकहरूले अमेरिकी डलर सञ्चितिमा पुनर्विचार गर्ने तयारी साथै डलर सञ्चितिको सट्टामा सुन सञ्चितिलाई जोड दिँदा अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च रहन गएकाले नेपाली बजारमा समेत मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि हालसम्मकै उच्च रेकर्ड बनाएको छ । साताको पहिलो दिन तोलाको दुई हजार चार सय २५ रुपैयाँ कायम भएको चाँदी निरन्तर बढेर शुक्रबार आइपुग्दा हालसम्मकै ऐतिहासिक रेकर्ड राख्ने क्रममा तोलाको दुई हजार चार सय ९० कायम भएको छ । चाँदीको मूल्य साताको पहिलो दिन आइतबारको तुलनामा मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको हो ।