मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २१ शनिबार o८:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियन क्रिस आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार o८:२३:oo

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा अस्ट्रेलियन चर्चित ब्याट्सम्यान क्रिस लिनले प्रतिस्पर्धा गर्ने भएका छन् । एनपिएलको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि अस्ट्रेलियन ब्याट्सम्यान क्रिसलाई पहिलो विदेशी खेलाडीमा आबद्ध गरेको हो । क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी–२० आईमा दुई सय ९१ रन बनाएका छन् । उनी विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आबद्ध छन् । 

क्रिसले समग्रमा सबै खाले टी–२० खेलमा पाँच शतक बनाएका छन् । उनले दुई सय ९३ टी–२० खेलमा आठ हजार तीन सय ५५ रन बनाएका छन् । उनको आइपिएल, बिबिएल र सिपिएलमा चर्चित क्रिकेट लिगको अनुभव छ । क्रिसले अस्ट्रेलियाको बिग बासमा एक सय २७ खेलमा तीन हजार नौ सय ५५ रन बनाएका छन् । उनले टी–२० खेलमा दुई सय २० छक्का प्रहार गरेका छन् । 

क्रिसले टी–२० क्रिकेटमा ५५ वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी बिग बास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले अस्ट्रेलियन खेलाडी भिœयाउने योजना सफल भएको बताए । 

‘बिग बास लिगमा प्रतिष्ठा कमाएका अस्ट्रेलियन खेलाडीलाई भिœयाउने योजना हामीले पहिलो संस्करणदेखि बनाएका थियौँ । अहिले क्रिस लिनलाई भिœयाउन पाउँदा निकै खुसी लागेको छ,’ शाहले भने, ‘उनको आगमनले नेपाल प्रिमियर लिगको प्रतिष्ठा पनि बढाउनेछ ।’ क्रिस लिनले पनि एनपिएल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । 

छुटाउनुभयो की ?