मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १४ शनिबार
  • Saturday, 30 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १४ शनिबार १४:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार हजार बढी घरपरिवार अन्धकारमा रहेको भन्दै बोलन्या थलीद्वारा 'लालटिन आन्दोलन' !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १४ शनिबार १४:५८:oo

बोलन्या थलीले काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार र शनिबार लालटिन आन्दोलन गरेको छ। अछामका ४ हजार बढी घरपरिवार अझै पनि बिजुलीविनै अन्धकारमा बस्न बाध्य भएपछि दिउँसो नै लालटिन बालेर प्रदर्शन गरिएको हो। 

आन्दोलनका संयोजक यादव जोशीका अनुसार तुर्माखाँद गाउँपालिकाको भुलु र रहफ, ढकारी गाउँपालिकाको बलाता, कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटाने क्षेत्रमा बसोबास गर्ने ४ हजार बढी परिवार अझै विद्युतको पहुँचमा छैनन्। ‘नेपाल विद्युत् प्राधिकरणले निरन्तर नाफा कमाइरहेको छ,’ उनले भने ‘तर, विडम्बना अछाम अँध्यारोमै छ।’

डडेल्धुराको गन्यापधुरा–२ निवासी जोशी पश्चिम सेती जलविद्युत् आयोजना निर्माण संघर्ष समितिका प्रमुखसमेत हुन्। पश्चिम सेती अभियान, डोको अभियान, प्रधानमन्त्रीलाई एक लाख पत्र अभियान, बैल गाडा अभियान र जातीय विभेदविरुद्ध अभियान जोशी अफ्नो नेतृत्वमा सञ्चालन गरिसकेका छन् ।

प्रदर्शनमा सहभागीहरूले लालटिन बालेर सरकार र नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए। उनीहरूले भने, 'अन्धकारमा बस्न पाउँदैनौँ, प्रकाश हाम्रो अधिकार हो' भन्नेजस्ता नारा लगाउँदै अछामका टाढाका गाउँमा विद्युत् पुर्‍याउन सरकारसँग माग गरेका छन्।

बोलन्या थलीका संयोजक जोशी भन्छन् ती क्षेत्रका बासिन्दाहरू वर्षौंदेखिको पर्खाइपछि पनि विद्युतबाट वञ्चित छन्, जसका कारण शिक्षा, स्वास्थ्य, व्यवसायलगायतका दैनिक जीवनका हरेक पक्ष प्रभावित हुँदै आएका छन्।