मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१९:oo
Read Time : < 1 मिनेट
समाचार

ह्वाट्सएपमार्फत गालीगलौच गरेको आरोपमा रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१९:oo

ह्वाट्सएपलगायत विद्युतीय माध्यमको प्रयोग गरी गालीगलौच गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार आफैँ उनी आफूविरुद्ध परेको उजुरीबारे बुझ्न गएकोमा प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाउने प्रहरी तयारी छ। पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्। 

साइबर अपराधकै मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर भने बुधबार केही घन्टामै रिहा भएका छन्।