मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पूर्वअध्यक्ष यादवको निधनमा महादेवा गाउँपालिकामा शोक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

सप्तरीको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादवको निधन भएको छ।

वडा नम्बर ३ बथनाहा निवासी उनी विगत एक वर्षदेखी  क्यान्सर रोगबाट पीडित थिए। आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका यादवको बुधबार दिउँसो विराटनगरस्थित आफ्नै निवासमा निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए। उनका एक छोरा, एक छोरी र पत्नी छन्।

गाउँपालिकाले दियो शोक बिदा
महादेवा गाउँपालिकाले पूर्वअध्यक्ष अध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिएको छ। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले बुधबार शोक सन्देश जारी गर्दै गाउँपालिकाको समग्र विकास र सुशासनमा यादवले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने जनाएका छन्।