मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ११ बुधबार ११:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इम्बोस्ड नम्बर प्लेटबारे अनेक विवाद, ठेकेदारलाई सरकारले दिइसक्यो ९२ करोड भुक्तानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार ११:१३:oo

इम्बोस्ड नम्बर प्लेटमाथि विगतदेखि नै अनेकौँ विवाद छन् । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गर्ने अंग्रेजी भाषामाथिको प्रश्न अदालतले निरूपण गरे पनि सार्वजनिक वृत्तमा यसको आलोचना जारी छ । संविधानविद्हरूले नै यसमाथि प्रश्न उठाइरहेका छन् । संविधानले नै सरकारी कामकाजको भाषा नेपाली हुने गरी व्यवस्था गरेकामा इम्बोस्डमा अंग्रेजी भाषा प्रयोग गर्नु गैरसंवैधानिक हुने संविधानविद्कै टिप्पणी छ ।

यसका अतिरिक्त इम्बोस्डमा अंग्रेजी भाषा प्रयोग गर्नुलाई नेपाली भाषा नै लोप गर्ने षड्यन्त्रका रूपमा पनि आमतहले अथ्र्याइरहेको छ । यद्यपि, यही विषयलाई लिएर सम्झौता बदरका लागि दायर भएको रिटमा सर्वोच्चको संवैधानिक इजलासले २७ मंसिर ०७६ मा रिट खारेज गरिदिएको थियो ।

इम्बोस्ड नम्बर प्लेटका जडान गर्न मोटरसाइकललाई दुई हजार पाँच सय, तीनपांग्रेलाई दुई हजार नौ सय, साना तथा मझौला चारपांग्रेलाई तीन हजार दुई सय र ठूला सवारीसाधनका लागि तीन हजार ६ सय रुपैयाँ तोकिएको छ । यो शुल्क अत्यधिक भएको भन्दै सर्वसाधारणले विरोध जनाइरहेका छन् ।

पाँच वर्षमा ठेक्का सम्पन्न गर्ने गरी विभाग र डेकाटुर टाइगर आइटी संयुक्त उपक्रम (जेभी)बिच १७ जेठ ०७३ मा सम्झौता भएको थियो । पाँच वर्षभित्र अर्थात् १५ जेठ ०७८ मा सम्पन्न गर्ने गरी सम्झौता उल्लेख भए पनि नौ वर्ष कटिसक्दासम्म पनि प्रगति अत्यन्त कमजोर छ । ठेक्काको दोस्रोपटक थपिएको म्याद पनि सकिन केही समय मात्र बाँकी छ ।

इम्बोस्डमाथि अनेकौँ विवाद जारी रहँदा र प्रगति अत्यन्त सुस्त हुँदा पनि ठेक्का भने जारी छ । विभागले ठेकेदारलाई निरन्तर भुक्तानी दिइरहेको छ । विभागबाट प्राप्त विवरणअनुसार गत असारसम्म ठेकेदार कम्पनीलाई ९२ करोड ६२ लाख ५९ हजार ४०४ रुपैयाँ भुक्तानी भइसकेको छ । यो ७३ लाख ७६ हजार २२६ अमेरिकी डलर हो । ३० पुस ०७४ यता विभागले ठेकेदारलाई २५ पटक भुक्तानी दिएको छ ।