मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिक कमिटी विवाद  : श्रेष्ठ कमिटीले सोध्यो नौ सदस्य समितिलाई स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३७:oo

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सरकारद्वारा गठित तदर्थ समितिका नौजना सदस्यलाई स्पष्टीकरण सोधेको छ । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीको शुक्रबार कार्यसमिति बैठकले नौजनालाई सात दिनभित्र स्पष्टीकरणको जवाफ मागेको हो । 

‘ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन, २०७७ को व्यवस्थाविपरीत घोषणा भएको तदर्थ समितिका नौजना सदस्यमध्ये नेपाल ओलम्पिक कमिटीको विधानअनुसार सम्बन्धित रहेका व्यक्तिलाई सात दिनभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण माग गर्ने निर्णय भएको छ,’ महासचिव राजीव श्रेष्ठले भने । गत वर्षको १३ पुसमा विधान संशोधन गरेर तेस्रोपटक अध्यक्ष भएका श्रेष्ठको अध्यक्षतामा एनओसीको ३१औँ कार्यसमितिको बैठक बसेको हो । यो कमिटीलाई सरकारको मान्यता नभए पनि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल र ओलम्पिक काउन्सिल अफ एसियाबाट मान्यता प्राप्त छ । 

सरकारले गठन गरेको तदर्थ समितिमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका ६ सदस्य छन् । तदर्थ समितिमा संयोजक ध्रुवबहादुर प्रधान, नीलेन्द्रराज श्रेष्ठ, राजीवविक्रम शाह, रविराज राजकर्णिकार, समिमिया अन्सारी, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, सुनील श्रेष्ठ र वृजेन्द्र हमाल छन् ।

यद्यपि, टेबलटेनिसका हमाल, घोडचढी संघका राजकर्णिकार अन्तर्राष्ट्रिय कुनै पनि संघमा छैनन् । अन्सारी भने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै संघमा छैनन् । तीनजनालाई भने स्पष्टीकरण नसोधिने अन्तर्राष्ट्रिय मान्यताप्राप्त अध्यक्ष जीवनरामले नयाँ पत्रिकालाई जानकारी गराए । बैंठकको थप जानकारी गराउँदै महासचिव श्रेष्ठले भने, ‘अनधिकृत रूपमा प्रयोग गरिएको ओलम्पिक कमिटीको लोगो, आइओसीको लोगो, ओसिएको लोगो, एएनओसीको लोगो र ओलम्पिक भवन प्रयोग बन्द गर्न तथा कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने र ओलम्पिक भवन आधिकारिक कमिटी जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहजीकरणका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।’

गतिविधि अगाडि बढाउन निर्देशन
खेलकुदमन्त्री तेजुलाल चौधरीले एनओसीको तदर्थ समितिलाई आफ्ना गतिविधि अगाडि बढाउन निर्देशन दिएका छन् । शुक्रबार मन्त्री चौधरीसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले तदर्थ समितिलाई भेटेको थियो । सरकारी समर्थनमा गठित तदर्थ समितिको नेतृत्वले भेटमा आफ्ना योजना सुनाउँदै अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता पक्का गर्न पहल सुरु गर्ने बताएको थियो ।