मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
Invalid date format २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार

लुम्बिनीका ६ जिल्लामा आइतबार बड्का अत्तवारी पर्वको सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३४:oo

लुम्बिनी प्रदेश सरकारले बड्का अत्तवारी पर्वको अवसरमा ८ भदौ आइतबार थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

थारू समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्त्वका साथ मनाइने बड्का अत्तवारी पर्व यस वर्ष ८ भदौ आइतबार परेको जनाइएको छ ।