मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
Invalid date format २o:२७:oo
Read Time : > 1 मिनेट
प्रदेश

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२७:oo

लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरिएको हो ।

घोषणा सभामा मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्ने गरी अभियानकेन्द्रित गरिनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले ३१ भदौ ०७९ मा नेपालकै दोस्रो पूर्णखोप प्रदेश पहिलोपटक घोषणा भएको र त्यसपश्चात् निरन्तर प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना गर्दै आएको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्णखोप सुनिश्चितता प्राप्त प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री आचार्य, स्वास्थ्य मन्त्री सारुलगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा अभियानलाई सघाउने पाँचजना स्वास्थ्यकर्मी अ‍ोमप्रकाश पन्थी, दिपाकर कुमार महर्जन, जनकराज गिरी, चिन्तामणि ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।

लुम्बिनीका ७० हजारभन्दा बढी बालबालिकालाई खोप
आर्थिक वर्ष ०८१÷८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य डोज भएका ६९ र खोप छुट भएका दुई हजार तीन सय ८७ बालबालिकालाई खोजी गरी खोप लगाइएको थियो ।

पूर्णखोप अभियानअन्तर्गत ८ जेठ ०८२ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । त्यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्त्यमा २७ असार ०८२ मा अर्घाखाँचीमा घोषणा गरिएको हो।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।