मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालय शिक्षा विधेयक समितिबाट पारित, तीन प्रतिशत  विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १६:२३:oo

विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको छ। लामो छलफल र बहसपछि बिहीबार बसेको समिति बैठकले उक्त विधेयक पारित गरेको हो।

विधेयक पारित गर्नुअघि समितिका सदस्यहरूको राय, सुझाव तथा टिप्पणी संकलन गरिएको थियो। अधिकांश सदस्यको सहमतिपछि विधेयक पारित भएको समितिका सभापति अम्मरबहादुर थापाले बताए।

सभापति थापाका अनुसार अब भोलि शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक पेस गरिनेछ। 

बिहीबारको बैठकमा सांसदहरूले यसअघि विधेयकमा भएका त्रुटिहरू संशोधन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए। जस क्रममा छात्रवृत्तिको विषय पेचिलो रूपमा उठेको थियो। छात्रवृत्ति पाउने तीन प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने विषयमा समितिले सहमति जुटाएको छ।