मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ४ बुधबार १६:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपालको पोस्टमा भारतको सात गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १६:५२:oo

नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारतसँग सात गोल व्यहोरेको छ ।

भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा भारतलाई जिताउन अविस्ता बस्नेत र अनुस्का कुमारीले समान दुई गोल गरेका थिए । नीरा चानु लोङ्जम, जुलन नोन्गमाइथिम र नीरा लोङजामले समान एक गोल गरेका थिए । भारतले पहिलो हाफमा पाँच गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको हो । भारतविरुद्ध नेपाली खेलाडी कुनै पनि पक्षमा सफल रहेनन् । खेलभर भारतले नेपाललाई दबाबमा राखेको थियो । दुई वर्षअघि भएको प्रतियोगितामा पनि नेपाल भारतसँग १०–० ले पराजित भएको थियो । भूमिका बुढाथोकीको कप्तानीमा रहेको नेपालले दोस्रो खेल शुक्रबार भुटानसँग खेल्ने तालिका छ । त्यसपछि बंगलादेशसँग खेल्नेछ ।

डबल राउन्डरोबिन पद्धतिमा आायोजना भएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी छन् । भारत र बंगलादेशले समान दुईपटक उपाधि जित्दा नेपाल भने उपाधिविहीन छ ।